ताजा समाचार

समाजवादी मोर्चा घोषणाको अन्तिम तयारी, बालुवाटारमा बैठक जारी

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरु समाजवादी मोर्चा घोषणाको अन्तिम तयारीमा जुटेका छन्।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरू छलफलमा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

आजको छलफलमा मोर्चाको घोषणा मितिको टुंगो लाग्नेछ । यस्तै बाबुराम भट्टराईलाईपनि मोर्चामा ल्याउन प्रयास हुनेछ ।

७ गतेभित्र मोर्चाको घोषणा गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

नेकपा एसभित्र मोर्चा घोषणाका सन्दर्भमा देखिएको मतभेद र बाबुराम भट्टराईको समेत विमतिलाई मिलाउन केही समय लागेको बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org