ताजा समाचार

कालीमाटीको सडकमा किसानले फाले गोलभेँडा

काठमाडौं । किसानले काठमाडौंको कालीमाटीस्थित सडकमा गोलभेँडा फालेका छन् ।
उचित मूल्य नपाएकाले आइतबार बिहान सडकमै गोलभेँडा फालेको उनीहरूले बताए ।

आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा फालेका हुन् ।
४ रुपैयाँ किलोमा पनि गोलभेँडा ब्रिकी नभएको भन्दै उनीहरुले गोलभेँडा फालेर आन्दोलन गरेकोकालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

टनेलमा उत्पादित गोलभेडाले उचित बजार मूल्य नपाएको हुँदा किसानले आफ्नो टमाटर तरकारी बजारमा ल्याएर कालीमाटीभित्र तथा मुख्य गेट नजिकै फालेर आन्दोलन गरेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org