ताजा समाचार

अख्तियारमा १० महिनाको अवधिमा २२ हजार उजुरी

काठमाडौं । १० महिनाको अवधिमा झण्डै साढे २२ हजार उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । यो तथ्यांक आयोगका सचिव रामेश्वर दंगालले राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आइतबारको बैठकमा पेस गरेका हुन् । समितिको बैठकमा दंगालले आर्थिक वर्ष २०७९ र ८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको जानकारी गराएका हुन् ।

तीमध्ये करिब आधा मात्र अर्थात् १२ हजार ५९२ उजुरीमात्र फर्छ्यौट भएको छ । २३० वटा मुद्दामा पुनरावेदन गर्दा गराएको अख्तियारले जनाएको छ ।कसुर स्थापित भएको प्रतिशत पनि २०७९र८० मै सबैभन्दा कम छ । यो आर्थिक वर्षमा जम्मा ३०। ७ प्रतिशत कसुर स्थापित भएको छ ।

सबैभन्दा बढी आर्थिक वर्ष २०७५ र ७६ मा  ८८।२४ प्रतिशत कसुर स्थापित भएको अख्तियारका सचिव दंगालले जानकारी दिए । प्रतिशतका हिसाबले सबैभन्दा बढी उजुरी फर्छ्यौट २०७८ र ७९ मा ७०।५६ प्रतिशत भएको छ । यसैगरी सबैभन्दा कम २०७९ र ८० मा ५६।३३ प्रतिशत उजुरी फर्छ्यौट भएको छ ।

अख्तियारका अनुसार २०७४ र ७५ मा १९४८८, २०७५ र ७६ मा २४०८५, २०७६ र ७७ मा २५१५२, २०७७ र ७८ मा २२६२५ र २०७८ र ७९ मा २४३३१ उजुरी दर्ता भएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org