ताजा समाचार

मैथिली साहित्य परिषद्को अध्यक्षमा झा निर्वाचित

काठमाडौं । मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित हुनुभएको छ । शनिवार सम्पन्न निर्वाचनमा परिषद्को उपाध्यक्षमा राजकुमारलाल दास, सचिवमा सञ्जीवनारायण यादव ,सहसचिवमा ललिता झा रकोषाध्यक्षमा शोभिता दास चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सदस्यमा राजीवकुमार झा, पङ्कज झा, रमिला साह, गजेन्द्रकुुमार मण्डल, रविकुमार राय र अजितकुमार ठाकुर विजयी भएको निर्वाचन समितिका संयोजक श्यामसुन्दर झाले जानकारी दिनुभयो । निर्वाचनमा आठ सय १८ मतदातामध्ये चार सय ७८ जनाले मतदान गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org