ताजा समाचार

मुद्दा फिर्ताविरुद्ध धर्ना दिन पुगेका उपप्राध्यापक चलाउने पक्राउ

काठमाडाैँ । आफूमाथि भएको सांघातिक हमलाका अभियुक्तहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन अदालत पुगेका उपप्राध्यापक प्रेमबहादुर चलाउने पक्राउ परेका छन्।

मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दाको अन्तिम सुनुवाइ हुँदै थियो । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सांघातिक हमलामा संलग्न अभियुक्तविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेपछि चलाउने आन्दोलनमा उत्रिएका हुन्।

‘मलाई न्याय दिनुको साटो अदालतलाई समेत बाइपास गरेर सुनुवाइ हुनुभन्दा दुई दिनअघि सरकारले मुद्दा फिर्ताको निर्णय लियो। क्याबिनेटबाट मुद्दा फिर्ता लिएर राज्य मेराविरुद्ध लाग्यो । जे गर्थ्यो अदालतले गर्थ्यो । अदालतमा विचाराधीन हरेक मुद्दा यसरी नै सरकारले फिर्ता लैजाने हो भने अदालत चाहियो किन ?’ चलाउनेले विज्ञप्ति जारी गर्दै प्रश्न गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org