ताजा समाचार

उपप्राध्यापक चलाउनेका लागि न्याय माग्नेहरू प्रहरीको नियन्त्रणमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उप-प्राध्यापक प्रेम चलाउनेका लागि न्याय माग्दै प्रदर्शन गर्नेहरूलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएकाे छ।

न्याय माग्दै आज काठमाडौँ जिल्ला अदालत अगाडि प्रदर्शन गरिरहेको नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्वियूका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

बृहत नागरिक आन्दोलनले अदालत अगाडि प्रदर्शन गरेपछि अनेरास्वियूले नाराबाजी गरेकाे थियाे। साेही कारण उनीहरूलाई नियन्त्रणमा लिइएकाे हाे।

त्रिवि समाजशास्त्र विभागका उप-प्राध्यापक चलाउनेमाथि २०७७ साल असाेज २० गते नेविसंघका कार्यकर्ताले कुटपिट गरेका थिए।

आफूमाथि कुटपिट गर्नेहरूमाथि कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेकोमा सरकारले सो मुद्दा फिर्ता लिने निर्णय गरेपछि उनले सोमबारदेखि अनसन सुरू गरेका छन्।

उपप्राध्यापक चलाउनेमाथि त्रिवि नेविसंघ क्याम्पस इकाइका तत्कालीन अध्यक्ष हरि आचार्य र कार्यकर्ता योगेन्द्र रावलसहित रविन लामा, सयुज श्रेष्ठ तथा निरज रानामगर लगायतको समूहले आक्रमण गरेको थियो।

आक्रमणमा संलग्न भएकाहरूमाथि ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधीन थियो। मुद्दाको अन्तिम पेसी यही असार ५ गतेलाई तोकिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org