चिनियाँ पाहुनाहरू आउँदा भान्जा-भान्जी आएको जस्तो लाग्छ : पर्यटनमन्त्री किराँती
काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले चिनियाँ पाहुनाहरू नेपाल आउँदा भान्जा–भान्जी आएको जस्तो लाग्ने बताएका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण भएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सो कुरा बताएका हुन्।
नेपाल र चीनबीचको सम्बन्धनको सुरुवात १५ सय वर्षअघिदेखि भएको स्मरण गर्दै मन्त्री किरातीले नेपालसँगको सम्बन्ध राम्रो बनाउनका लागि राजा अंशुवर्माको छोरी भृकुटीसँग चिनले सम्बन्ध राखेको बताए।
‘हामी दुई देशबीचको सम्बन्धको सुरुवात इतिहासमा १५ सय वर्षदेखि हुँदै आएको थियो,’ उनले भने, ‘इतिहासको १५ सय वर्षअघि तिब्बतको राजा र त्यहाँको मान्यता अनुसार छिमेकी बलियो भयो भनेमात्र आफू बलियो हुन्छ भनिन्थ्यो। त्यही मान्यताअनुरुप हामी प्रतिवद्ध छौं।’
उनले अघि भने, ‘त्यसैले होला नेपालसँग राम्रो सम्बन्ध बनाउन राजा अंशुवर्माको छोरी भृकुटीसँग सम्बन्ध राख्नका लागि बिहे गर्नुभएको होला।’
नेपाल र चीनबीच नजिकको नाता सम्बन्ध रहेको भन्दै उनले चिनियाँ पाहुना आउँदा भान्जा भान्जी आएको महसुस हुने बताए।
‘अत्यन्तै नजिकको नाता जस्तो लाग्छ, भृकुटी हाम्रो चेली भएको भएर होला हामीलाई चिनियाँ पाहुना नेपाल आउँदा भान्जा भान्जी आएको जस्तो लाग्छ,’ मन्त्री किरातीले भने, ‘के तपाईंहरुलाई मामाघर आएको जस्तो लाग्दैन् ?’
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...