ताजा समाचार

एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाल (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज बस्दैछ ।

एकीकृत समाजवादी (एस)का बहुसंख्यक सांसद आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि यसबारे छलफल गर्न बैठक बोलाएको हो ।

संसदीय दलको कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ।

नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ । पार्टीका सांसदहरुले बजेट संशोधन नगरे पारित विपक्षमा मतदान गर्ने अध्यक्ष माधवकुमार नेपाललाई जानकारी दिइसकेका छन् ।

बजेटमा माओवादी केन्द्र र नेपाली कांग्रेसले एकलौटी गरेको, जिल्लागत सन्तुलन नमिलाएको भन्दै एकीकृत समाजवादीका सांसदहरू असन्तुष्ट छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org