युक्रेनको पुननिर्माणका लागि ६० अर्ब युरो सहयोगको प्रतिवद्धता
किएभ । युक्रेनको पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा विदेशी दातृ निकायले युक्रेनका लागि ६० अर्ब युरो ९६६ अर्ब अमेरिकी डलर० बराबरको नयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सम्मेलनको आयोजना गरेको बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले भन्नुभयो, “हामीले यो सम्मेलनबाट पुनर्निर्माण सहयोग जुटाउने परिकल्पना गरेका थिएनौं । तैपनि, आज सम्मेलनले हामी युक्रेनलाई संयुक्त रूपमा ६० अर्ब युरो सहयोगको घोषणा गर्न सक्छौं भन्ने प्रतिवद्धता व्यक्त गरेको छ ।”
“सहयोगी मुलुकका सरकार र अन्तर्राष्ट्रिय सङ्गठनहरूको प्रतिबद्धताले छोटो र मध्यम अवधिमा युक्रेनलाई समर्थन गर्ने लक्ष्य राखेको छ,” क्लेभरलीले लन्डनमा भएको सम्मेलनको समापन सत्रमा भन्नुभयो । “यसले हामीलाई मध्यम अवधिको अनुमानित समर्थन प्रदान गर्दछ जसले युक्रेनलाई आवश्यक पर्ने बृहत–आर्थिक स्थिरतालाई सुनिश्चित गर्नेछ,” उहाँले भन्नुभयो । “प्रयासहरू अब ‘निजी क्षेत्रको विशाल क्षमता’ सुनिश्चित गर्नमा केन्द्रित छन्,” उहाँले भन्नुभयो ।
युक्रेनका प्रधानमन्त्री डेनिस शमिगलले सम्मेलनमा भाग लिएका प्रतिनिधिहरूलाई भन्नुभयो, “हामीले यस वर्ष युक्रेनको पुनर्निर्माण सुरु गर्दैछौं, हामी युद्धको अन्त्यको पर्खाइमा छैनौं ।” आर्थिक समर्थनको लागि सम्बन्धित सबैलाई उहाँले धन्यवाद दिनुभयो ।
“हामीलाई आवश्यक पर्ने १४।१ अर्ब अमेरिकी डलरलाई पूर्ण रूपमा परिचालन गर्ने दिशामा हामी निकै नजिक पुगेका छौं,” उहाँले थप्नुभयो । मध्य अवधिमा युक्रेनी अर्थतन्त्रलाई पुनर्जीवन दिन ४०० अर्ब डलरभन्दा बढी आवश्यक पर्ने अनुमान गरिएको छ ।
रूसले ‘आफ्नो अपराध र युक्रेनमा यसले पुर्याएको विनाशको मूल्य चुकाउनुपर्छ’ भन्ने विचारलाई समर्थन गर्ने ‘लगभग सबै’ को प्रतिबद्धतालाई पनि श्मिगलले स्वागत गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले क्षतिपूर्ति संयन्त्रलाई अन्तिम रूप दिन आवश्यक छ । यसले रोकिएको रूसी सम्पत्तिलाई युक्रेनको पुनर्निर्माणमा प्रयोग गर्न अनुमति दिन्छ ।”
सम्मेलनको मुख्य लक्ष्यहरू मध्ये एक यूक्रेन, जसको सेना हाल रूसी सेनाहरू विरुद्ध प्रति–आक्रमणको सामना गरिरहेको छ, मा लगानीको ग्यारेन्टी गर्न संयन्त्रहरू स्थापना गरेर निजी क्षेत्रलाई संलग्न गर्नु थियो ।
क्लेभरलीका अनुसार सम्मेलनमा सहभागी ४२ देशका करिब ५०० कम्पनीले आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । सम्मेलनको पूर्वसन्ध्यामा घोषणा गरिएको युरोपेली सङ्घले सन् २०२७ सम्म लागू गर्ने योजना बनाएको ५० अर्ब युरोको सहायता प्याकेजबाट ६० अर्ब युरोको ठूलो हिस्सा प्राप्त भएको छ । संयुक्त राज्य अमेरिकाले विशेष गरी ऊर्जा र पूर्वाधार क्षेत्रलाई लक्षित गरी १।३ अर्ब अमेरिकी डलर को सहायताको घोषणा गरेको छ ।
Comments
अरु समाचार
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...