ताजा समाचार

पोखरामा ‘नेपाल-चीन ड्रागन बोट रेस फेस्टिभल’ सुरु

काठमाडौं । नेपाल–चीन ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शुक्रबार उक्त महोत्सवको उद्घाटन गरे ।

नेपाल पर्यटन बोर्ड, चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा बोट फेस्टिभल सुरु भएको हो । दुईदिने महोत्सव फेवातालमा आयोजना गरिएको छ ।

महोत्सवमा चिनियाँ चार र नेपाली चार गरी आठ टिम सहभागी छन् । ती आठ टिमले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । २०० र ५०० मिटर गरी दुई विधामा आठ बोट रेस प्रतियोगिता हुनेछ ।

ड्रागनजस्तै देखिने गरी बनाइएको डुंगाको अग्रभागमा बसेर एकजनाले ड्रम बजाउनेछन् । ड्रमको तालमा १० जनाले डुंगा खियाउनेछन् । पुछारमा बस्ने एकजनाले डुंगाको दिशा मिलाउनेछन् ।

निर्धारित दूरी सबैभन्दा पहिले पार गर्ने टिम विजेता बन्नेछ । सहभागी आठै टिमले वरीयताका आधारमा पुरस्कार पाउनेछन् । पहिलो हुने दुवै विधाका टिमले समान पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

शीतनिन्द्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा दुई हजार वर्षअघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ ।

8«fug af]6 /]; km]l:6enÚsf cEof; ul/Fb
sf:sL, & c;f/ M g]kfn ko{6g af]8{, g]kfnl:yt lrlgofF b”tfjf; / kf]v/f dxfgu/kflnsfsf] cfof]hgfdf oxL c;f/ * / ( ut] kf]v/fdf x’g] g]kfn—rLg k|m]08;Lk …8«fug af]6 /]; km]l:6enÚsf nflu laxLaf/ laxfg km]jftfndf cEof; ul/Fb} . blIf0f Pl;ofd} klxnf]k6s cfof]hgf ul/Psf] af]6 /];df rLgsf] rf/ / g]kfnL rf/ u/L cf7 6f]nLn] k|lt:kwf{ ug]{5g . tl:a/ M s[i0f bjf8L÷/f;;

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org