ताजा समाचार

जसपाको विधान अधिवेशन आजदेखि

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन आजदेखि सुरु हुँदै छ ।

काठमाडौंको कमलादीमा सुरु हुने विधान अधिवेशन तीन दिनसम्म चल्नेछ । पार्टीले पहिलोपटक आयोजना गर्न लागेको अधिवेशनमा पार्टी अध्यक्ष उपेन्द्र यादवले विधानको मस्यौदा प्रस्तुत गर्नेछन् ।

यसअधि शनिबार बसेको केन्द्रीय समितिको बैठकबाट विधानको मस्यौदालाई अनुमोदन गरिएको छ । अनुमोदित विधानको मस्यौदा आजदेखि सुरु हुने विधान अधिवेशनमा प्रस्तुत गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org