ताजा समाचार

भाषापरीक्षा पास गरेकालाई कोरिया नपठाएको भन्दै प्रदर्शन

काठमाडौं । एक कार्यकाल पुरा गरी कोरियाबाट फर्किएकाहरूलाई पुनः रोजगारीका लागि नपठाएको भन्दै युवाहरू प्रदर्शनमा उत्रिएका छन् ।

परीक्षा पास गरेकाहरूलाई सरकारले रोजगारीका लागि कोरिया नपठाएको भन्दै प्रदर्शनमा उत्रिएका छन् । नेपाल इपीएस सेन्टर ग्वाकोको कार्यालय अगाडि आइतबार एक हजारभन्दा बढीले धर्ना दिएका हुन् ।

उनीहरूले आज कार्यालय प्रमुखलाई ज्ञापनपत्र पनि बुझाएका छन् । नयाँसँगै भाषा परीक्षा पास गरेको भएपनि नपठाएको भन्दै विरोध जनाएका हुन् । आफूहरूका माग पुरा नगरे सडक आन्दोलनमा उत्रिने सहभागी अमृत चौहानले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org