विद्युत प्राधिकरणले लोड घटाउन भनेपछि इप्पानको असन्तुष्ट
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा बिजुलीको उत्पादन घटाउन भनेपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले विरोध जनाएका छन् ।
उनीहरुले प्राधिकरणका कारण ३० जलविद्युत आयोजनाको ५०० मेगावाट विद्युत खेर गएको दाबीसमेत गरेका छन् ।
प्राधिकरण र ऊर्जा उत्पादकहरुबीच वर्षायाममा १० प्रतिशतसम्म लोड घटाउन भन्नसक्ने उल्लेख हुने गरेको छ । सोही आधारमा प्राधिकरणले वर्षायाममा बढी उत्पादन हुने र खपत हुन नसकेर खेर जाने भएकाले बिजुली उत्पादन घटाउन भनेको छ । तर प्रसारण लाइनको क्षमता हुँदाहुँदै पनि प्राधिकरणले उत्पादन घटाउन लगाएको आरोप लगाउँदै प्राधिकरणविरुद्ध अदालत जान परे पनि जाने इप्पानले जनाएको छ ।
सोमबार काठमाडौंमा आयोजित एक छलफल कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत प्राधिकरणको नाफा थोरै घट्दा केही फरक नपर्ने तर, एउटा विद्युत आयोजना डुब्दा त्यसको असर धेरै ठाउँमा पर्ने बताए । प्राधिकरणले ‘टेक अर पे’ भनेर विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरिसकेपछि आयोजना बन्द भएपनि त्यसको पैसा दिनुपर्ने कार्कीको भनाइ छ ।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले प्राधिकरणले ४० लाख सर्वसाधारण लगानीकर्ता र सबै बैंकहरूको लगानी रहेको यो क्षेत्रलाई खेलाँचीका रुपमा लिएको बताए । ‘४० करोड रुपैयाँ पूँजी रहेको कम्पनीको २२ करोड रुपैयाँको विद्युत खेर फालेपछि कम्पनी कसरी चल्छ ?’ उनले भने, ‘अहिले ३० आयोजनाको ५०० मेगावाट विद्युत प्राधिकरणले खेर फालिरहेको छ ।’
इप्पानका सल्लाहकार तथा ऊर्जा उद्यमी गुरुप्रसाद न्यौपानेले प्रसारणलाइनको क्षमता हुँदाहुँदै बदनियतपूर्ण ढंगले विद्युत प्राधिकरणले विद्युत खेर फालेको बताए ।
विद्युत प्राधिकरण स्रोतका अनुसार कतिपय स्थानमा उत्पादकहरु आफैंले र कतिपय स्थानमा प्राधिकरणले पूर्वाधार बनाउन नसकेका कारण रातिको समयमा कुनै दिन अधिकतम १०० मेगावाटसम्म बिजुली उत्पादन गर्न सकिएको छैन । साथै बाढीले क्षति पुर्याएको र प्राविधिक समस्या आएका कारण पनि बिजुली उत्पादन प्रभावित भएको छ ।
२५ मेगावाटको काबेली बी वान, ९.९४ मेगावाटको काबेली बीवान क्यासकेड, ९.९ मेगावाटको इवा खोला, १४.९ मेगावाटको हेवाखोला ए, २२ मेगावाटको लोवर हेवामा बाढीले क्षति पुर्याउँदा ८१.७४ मेगावाट बिजुली उत्पादन हुन सकेको छैन ।
यस्तै ७.५ मेगावाटको अपर खोरुङको एउटा युनिटमा समस्या आएर ३.५ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको छ । ८६ मेगावाटको सोलु दूधकोशीबाट पनि एउटा युनिटमा समस्या आएर २८.६ मेगावाट मात्र उत्पादन भइरहेको छ । २७ मेगावाटको दोर्दीबाट १८ मेगावाट र घलेम्दीको पेनस्टकमा समस्या आएर ५ मेगावाट बिजुली पनि उत्पादन हुन सकेको छैन ।
प्राधिकरणले पीपीए गर्नुभन्दा पहिला कनेक्सन एग्रिमेन्ट गराउँदा ढल्केबर-मुजफ्फरपुर प्रसारणलाइनलाई देखाएर विद्युत प्राधिकरणले लोड तलमाथि गराउन सक्नेछ भन्ने बुँदा राखेकाले उक्त बुँदा खारेज गर्नुपर्ने प्रवर्द्धकहरुको माग छ ।
यसैबीच लोड घटाउँदा परेको असरसहितको प्रतिवेदन तयार पार्न इप्पान उपाध्यक्ष उत्तम भ्लोन लामाको नेतृत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा इप्पानको तर्फबाट लामासँगै कोषाध्यक्ष नरेन्द्र बल्लभ पन्त, सदस्य मिथुन पौडेल छन् भने प्रवर्द्धकका तर्फबाट करिडोर अनुसार ६ जना सदस्य राखिएको छ । सदस्यमा अर्जुनप्रसाद गौतम, सुजन पौडेल, सतिश न्यौपाने, वीरबहादुर घले, मोहन कार्की र उत्तम अमात्य छन् ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...