ताजा समाचार

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको साधारणसभा सम्पन्न: प्रवन्ध सञ्चालकमा सुदिप खड्का सर्वसम्मत निर्वाचित

काठमाडाैँ ।  सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको १२ र १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुधबार सम्पन्न साधारण सभाले संस्थापक शेयरधनीबाट ४ र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना गरी ६ जना संचालक चयन गरेकाे हाे ।

साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट सुदिप खड्का, रजनि थापा, सुदिप राज गाैतम र विजि ग्रुप प्रा. लीको प्रतिनिधि सुनिल केसी र सर्व साधारण शेयरधनीबाट दल बहादुर विष्ट र श्याम प्रसाद खतिवडा निर्वचित भएका हुन् ।

यस्तै आजै बसेको संचालक समितिको बैठकले सुदिप खड्कालाई सर्वसम्मत रुपमा प्रवन्ध संचालकमा चयन गरेको छ । नव निर्वाचित संचालकहरुको कार्यकाल ४ वर्षको लागि हुनेछ ।
सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड (२५ मेगावाट)नेपालको सुपर सिक्स आयोजना मध्येको एक हो । यस हाइड्रो आयोजना दुई बर्षअघि निर्माण सम्पन्न भई निरन्तर बिद्युत उत्पादन गरिरहेको छ।
जलप्रवाहमा आधारित यस आयोजनाबाट २५ मेगावाट क्षमताको विधुत उत्पादन गर्दछ। आयोजनामा ३० प्रतिशत स्वामित्व सर्वसाधारणको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org