ताजा समाचार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बालुवाटारमा, चीन भ्रमणबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

चीनबाट फर्केपछि अध्यक्ष तिमिल्सिना प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

भेटमा उनले चीन भ्रमणमा भएका वार्ता र छलफलका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

यस्तै उनले आफ्नो चीन भ्रमणको प्रतिवेदन समेत प्रधानमन्त्री प्रचण्डलाई बुझाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org