ताजा समाचार

कोशी प्रदेशको नाम पुनःविचार गर्नुपर्छः मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुमन्त्री एवं नेपाली काँग्रेसका नेता डिगबहादुर लिम्बूले कोशी प्रदेशको नाम सच्याउनुपर्ने बताएका छन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
उनले नामाकरणपछि कोशी प्रदेशमा समस्या उत्पन्न भइरहेको भन्दै यो समस्यालाई रोक्न आवश्यक रहेको बताए। उनले प्रदेशको नाम पुनःविचार गर्नुपर्छ भनेर पार्टीको ध्यानाकर्षण गराएको पनि बताएका छन्। मन्त्री लिम्बूले कांग्रेसको गतिविधि शुन्य रहेको बेलामा विभिन्न राजनीतिक पार्टीहरु च्याउजस्तै उम्रिएको बताए।

उनले पार्टीको रुचीमा नपरेको मन्त्रालय आफूलाई दिइएपनि पर्याप्त बजेट नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे। उनले युवा तथा खेलकुद मन्त्रालयमा गाडीमा तेल हालेर हिँड्ने पैसा समेत नभएको गुनासो गरे।

मन्त्री लिम्बूले अहिले कांग्रेसको गतिविधि सुस्त भएको भन्दै जनतासमक्ष पार्टीका गतिविधि लैजान पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह समेत गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org