ताजा समाचार

टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो । मंगलबार करिब पोने ४ बजे धरानबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते सरिताको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अनुशाको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले आमा छोरी सवारको १४ प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिएपछि मंगलबार दिउँसो केही समय इटहरी तनावग्रस्त बनेको थियो ।

टिपरले ब्याक गरी मान्छे मारेको स्थानीयले आरोप लगाएका थिए । स्थानीयवासीले टिपर तोडफोड गरेका थिए । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले स्थितिलाई नियन्त्रण लिन सामन्य बल प्रयोग गरेको बताए । झडपमा प्रहरीतर्फ ९ जना र केही प्रदर्शनकारी पनि सामान्य घाइते भएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org