ताजा समाचार

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री थापाको शपथ आज

काठमाडाैँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्द्व थापाले पद तथा गोपनियताको सपथ आज लिँदैछन्।

आज बिहान ९ बजे विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पर्शुराम खापुङले सपथ गराउने कार्यक्रम छ।

गठबन्धन दलहरुले आजै सानो आकारको मन्त्रीमन्डल गठनको तयारी पनि गरेका छन्।

तर, मन्त्री दाबी गर्नेहरुको लर्को भएका कारण दलहरुलाई व्यवस्थापन कठिन भैरहेको नेताहरु बताउँछन्।

थापा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरूको समर्थनमा बिहीबार मुख्यमन्त्री नियुक्त भएका थिए।

मुख्यमन्त्री दाबीका लागि बहुमत संख्या नपुगेपछि सभामुख बाबुराम गौतमले पनि थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका थिए।

संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेका थापालाई अबको ३० दिनभित्र प्रदेशसभामा बुहमत सिद्ध गर्नुपर्ने चुनौती छ। जसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन उनका लागि जरूरी हुनेछ। यो काम उनका लागि सबैभन्दा सकसपूर्ण हुने सम्भावना छ।

गठबन्धन दलहरूसँग प्रदेश सभामा जम्मा ४७ मत छ। यो ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या हो। यद्यपि यो संख्यामा सभामुख बाबुराम गौतमको पनि गणना माओवादी केन्द्रले गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org