ताजा समाचार

सदनकाे अवराेध हटाउन सभामुखले बाेलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले गरेको संसद अवरोध खुलाउन सभामुख देवराज घिमिरेले प्रमुख सचेतक, सचेतकहरूसँग छलफल गर्दैछन् ।

सभामुख घिमिरेले बिहान ११ बजे छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले संसदको अवरोध खुलाउने विषयमा छलफल गर्न प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

आज दिउँसो संसद बैठक बस्दैछ । एमालेले प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको छ । प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरै चोटि दिल्ली गएको सार्वजनिक अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेको हो ।

अघिल्लो संसद बैठक पनि एमालेको अवरोधका कारण स्थगित भएको थियो । उक्त बैठकमा पेस गर्नुपर्ने मिटरब्याजसम्बन्धी विधेयक पनि निष्क्रिय भएको छ ।

एमालेले भने प्रधानमन्त्रीको प्रस्टीकरण होइन, राजीनामा चाहिने बताइरहेको छ । सत्ता गठबन्धनले भने प्रधानमन्त्रीले राजीनामा होइन प्रस्टीकरण दिने सहमति गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org