ताजा समाचार

प्रधानमन्त्रीको अभिब्यक्तिले संसदको गरिमा घट्योः डा.कोइराला

काठमाडौँ ।  नेपाली  कांग्रेस नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्यवसायी प्रीतम सिंह बारे दिएको अभिब्यक्ती गलत भएको बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग नेता कोइरालाले प्रधानमन्त्रीले ब्यवसायी सिंहबारे दिएको अभिब्यक्ति अत्यन्त गलत भएको बताएका हुन्।

उनले भने,‘प्रधानमन्त्रीको अभिब्यक्तिले संसदको गरिमा र नेपाली जनतालाई समेत ठेस पुर्याएको छ।’

त्यसैगरी,उनले कोसी प्रदेशमा सभामुख तटस्थ बस्न नसक्दा लोकतन्त्र र संविधान विपरीत भएको उल्लेख गरे। कोइरालाले भने,‘कोसी प्रदेशमा सभामुखले तटस्थ रहेर जिम्मेवारीवहन गर्न सक्नुभएन। लोकतान्त्रिक परिपाटी र संसंदीय अभ्यासबाट संविधानलाई टेकेर अघि बढ्नुपर्नेमा सदस्यका रुपमा उपस्थिती जनाउनुले भोलीका दिनमा अप्ठयारो परिस्थिती सृजना हुने देखिएको छ।’

‘संसदीय ब्यवस्थामा अंकगणितको खेल समेत हुन्छ। गणितको खेलमा यसप्रकारको उतारचढाव हुनेगर्छ। उतारचढाव चिरेर अघि बढ्नुपर्छ। संसदीय परम्परा र संविधानमा भएका कुरालाई अघि बढाउँदै जानुपर्छ भन्ने मान्यता राख्दछु।

उनले थपे,‘पार्टीका महामन्त्रीले जिल्ला सभापतिहरुको भेला आयोजना गरेको विषयमा उनले भने,‘केन्द्रीय सभापतिको अनुपस्थिती बारे म जानकार छैन। उहाँलाई निमन्त्रणा गरियो गरिएन बुझ्न पाएको छैन। यद्यपी भेला कार्यक्रम पार्टीलाई बल पुग्ने कार्यक्रम भएको छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org