ताजा समाचार

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

काठमाडौं । चार दल आबद्ध समाजवादी मोर्चाको पहिलो बैठक आज शनिवार बोलाइएको छ । मोर्चामा आबद्ध नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

मोर्चामा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच ४ असारमा समाजवादी मोर्चा गठन भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org