ताजा समाचार

पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध

चितवन । पहिरो खस्दा मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ। शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा पहिरो खसेको हो।

पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको मुग्लिनका ट्राफिक इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए।

पहिरोले मानवीय क्षति नगरेपनि चौपायलाई पुरेको आशंका छ। यद्यपि यकिन भइसकेको छैन। अवरूद्ध भएको सडक खुलाउन ८-९ घण्टा लाग्ने उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org