ताजा समाचार

गोकुलले प्रचण्डलाई सोधे- तपाईँले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा ?

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटालाई आफ्नो देशको प्रधानमन्त्री कहिले पनि कमजोर होस् भन्ने नचाहेको बताएका छन् । उनले आन्तरिकरूपमा जेसुकै भएपनि प्रधानमन्त्री सार्वभौम हुनुपर्ने उनको भनाइ छ ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै बास्कोटाले भने, ‘तपाईंले तीरंगा उचाल्ने कि चन्द्रसूर्य झण्डा उचाल्ने संसदमा भन्नुपर्‍यो । हाम्रो प्रधानमन्त्री हामीले बनाएको भन्ने विश्वास दिलाउनुपर्‍यो । यो जनता दुस्खी र सर्वभौम सत्तामाथि हमला हुने कुरा र प्रधानमन्त्रीको निरन्तर मौनता हाम्रो लागि स्वीकार्य भएन । देशको लागि स्वीकार्य भएन । चारतारे लालतारे झण्डलाई जेसुकै होस् तर चन्द्र सूर्यको लागि स्वीकार्य भएन ।’

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति स्पष्ट जवाफ आउनुपर्ने नेता बास्कोटाको अडान थियो । उनले भने, ‘प्रधानमन्त्रीले सके देशको लागि उभिनुस् । सत्ता स्वार्थको लागि देशको सार्वभौमसत्ता साटिँदैन । यतिकै अवस्थामा अगाडि बढ्न सकिँदैन । हामीलाई मात्रै होइन जनतालई पनि स्पष्ट पार्नुपर्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org