ताजा समाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एकजना समातिए

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंका ५९ वर्षीय केशव तुलाधर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सो कार्यालयबाट खटिएको टोलीले बुधबार (हिजो) काठमाडौंकै सानो भर्‍याङबाट उनलाई नियन्त्रणमा लिएको एसपी रविन्द्र रेग्मीले जानकारी दिए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी रेग्मीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org