नगर प्रहरी र व्यापारीबीच झडप
काठमाडौं । कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीहरुबीच झड्प हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन् । कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक पेटीमा सामान राखी व्यापार गर्दा सर्वसधारणलाई हिँडडुल गर्न समस्या हुन थालेपछि कलैया उपमहानगरपालिकाले पसल हटाउन नगर प्रहरी खटाएको थियो ।
अवरोध हटाउन नगर प्रहरीले काम थालनी गर्न थालेपछि व्यापारीले अवरोध सिर्जना गर्न खोज्दा व्यापारी र नगर प्रहरीबीच झड्प भएको थियो । व्यापारीको कुटाइबाट नगर प्रहरी उज्वल यादव गम्भीर घाइते भएको नगरप्रमुख विनोद साहले जानकारी दिनुभयो । यादवलाई तत्कालै प्रदेशिक अस्पताल कलैया लगिएकामा त्यहाँ उपचार हुन नसक्दा थप उपचारका लागि वीरगञ्ज पठाइएको अस्पतालका अहेव प्रदीप यादवले जानकारी दिनुभयो । यादवको छातिमा चोट लागेको अस्पताल प्रशासनले जनाएको छ ।
यसैबीच नगर प्रमुख साहले अस्पताल पुगी घाइते भएका नगर प्रहरीको अवस्था बुझ्नुभएको छ । नगरपालिकाकोे निर्णय कार्यान्वयन गर्न खटिएका नगर प्रहरीमाथि भएको आक्रमणको घोर भत्र्सना गर्दै दोषीलाई कारबाही गराउन कडा कदम चालिने उहाँले बताउनुभयो ।
दुवैपक्ष बीचको झडपमा यादवसहित पाँच नगर प्रहरी घाइते भएका छन् । सोही झडपमा परी करिब एक दर्जन व्यापारी पनि घाइते भएको नेपाल तरकारी फलफूल खुद्रा व्यापारी सङ्घका अध्यक्ष दिपलाल साहले जानकारी दिनुभयो ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...