ताजा समाचार

समस्या देखिएपछि भद्रपुर उडेको बुद्धएयरको जहाज फर्कियो काठमाडौं

काठमाडौं । काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ ।

काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको ‘नाइन एन एएमपी’ जहाजमा प्राविधिक समस्या देखिएपछि फर्काएर काठमाडौंमा सुरक्षित अवतरण गरिएको छ,ू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

चालक दलका सदस्यसहित ७० जना यात्रु बोकेरे उडेको जहाजमा ‘इन्डिकेसन’मा समस्या देखिएपछि काठमाडौं फर्काइएको हो । प्रवक्ता सिटौलाका अनुसार जहाज दिउँसो १ः५३ बजे काठमाडौंबाट उडेको थियो ।

काठमाडौंबाट १५ माइल पर पुगेपछि जहाजलाई फर्काएर त्रिभुवन विमानस्थलमा अवतरण गरिएको थियो । दिउँसो २ः१० बजे जहाज काठमाडौंमा अवतरण गरेको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org