केन्द्रीय समिति र पदाधिकारी बैठकअघि शेखर पक्ष छुट्टै छलफलमा
काठमाडाैँ । ११ महिनापछि केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएपछि नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले आफ्नो पक्षको तयारी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठकअघि शेखरको सम्पर्क कार्यालयमा सोमवार बिहान समूहको बैठक बसेको हो ।
लामो समयपश्चात केन्द्रीय समिति बैठक बस्ने भएपछि सम्भावित एजेण्डाको विषयमा टुंगो लगाउने तयारी उनीहरूको छ । आजै दिउँसो २ बजे सभापति शेरबहादुर देउवाले आफ्नो निवास धुम्बाराहीमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक पनि बोलाएका छन् ।
यो बैठकमा पनि प्रस्तुत हुने एजेण्डा तय गर्न शेखर पक्ष छलफलमा जुटेको हो । कांग्रेसको केन्द्रीय समितिको बैठक मंगलबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
चुनावी समीक्षा, सरकारमा कांग्रेसको सहभागिता, नयाँ दलको चुनौती, संगठनको भद्रगोल, संगठन विस्तारसहितका विषयमा छलफल गर्न माग भए पनि देउवाले केन्द्रीय समिति बैठक टार्दै आएका थिए ।
११ महिनापछि बल्ल बैठक बस्ने भएपछि सभापतिको कार्यशैलीविरुद्ध शेखर र गगन समूहका नेताले खरो रुपमा उत्रिने तयारीमा छन् ।
साथै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने मागप्रति पनि देउवा मौन छ । यो समूहले यस विषयमा समेत बैठकमा सभापतिको गम्भीर ध्यानाकर्षण गराउने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...