ताजा समाचार

सार्वजनिक यातायातको भाडा घट्यो, कुन ठाउँसम्मको कति? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ । इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २।१३ प्रतिशत, मालबाहक पहाडमा २।७८ र तराईमा ३।०९ प्रतिशतले भाडा घटाएको हो । घटाएको भाडा दर सोमबारबाटै लागू हुने विभागले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org