ताजा समाचार

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेल र नेम्वाङलाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।

अध्यक्ष ओली गए राति त्यसतर्फ लागेका हुन् । ओलीले कम्बोडिया प्रस्थान गर्नुअघि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् ।

कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि उनी त्यसतर्फ लागेको ओलीको सचिवालयले जनाएको छ ।

उनीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org