ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड इटाली जाने

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली जाने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीकाे इटाली भ्रमण स्वीकृत गरेको छ ।

संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन प्रधानमन्त्री प्रचण्ड त्यहाँ जान लागेका सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा पनि सहभागी हुनेछन् ।

त्यसैगरी, आज बसेको मन्त्रिपरिषद् बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा.रवि मल्ललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै सरकारले नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्दा लाग्ने शुल्कमा छुट दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org