राष्ट्र संघको सुरक्षा परिषदमा उठ्यो एआई नियमनको विषय
एजेन्सि । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा यान्त्रिक वौद्धिकता (एआई) को खतराका विषयमा छलफल भएको छ ।
एआई प्रविधिले अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वमा असर पुर्याउन सक्ने भन्दै यसको नियमनबारे बहस भएको हो । राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरसले नयाँ प्रविधिको नियमनका लागि अन्तर्राष्ट्रिय नियामकले ध्यान दिनुपर्ने बताए ।
एआईले अपराध र आतंकवादलाई सहज बनाउने भएकाले यसको नियमन आवश्यक रहेको गुटेरसले बताएका छन् । ‘एआईले अपराध र आतंकवादलाई प्रश्रय दिनसक्छ भने यसले विनाश निम्त्याउँदै ठूलो परिमाणमा मनोवैज्ञानिक त्रास सिर्जना गर्नसक्छ’, उनले भने ।
गत वर्ष च्याट जिपिटी सार्वजनिक हुनुका साथै आवाजको नक्कल गर्ने फोटो तथा भिडिओ बनाउने विभिन्न एई सार्वजनिक भएका थिए । यस्ता एआईबाट गलत सूचना सम्प्रेषणले प्रश्रय पाउने चिन्ता पनि बढिरहेको छ ।
राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा एआई प्रविधिका वैज्ञानिक र सामाजिक फाइदा र असरबारे बहस भएको थियो । ‘यो प्रविधिको विकास द्रुत गतिमा भइरहेको छ । हामीले दोहनको विज्ञान नबुझेरै इन्जिन बनाउन लागेकोझैँ भएको छ’, एआई सुरक्षासम्बन्धी कम्पनीका सह संस्थापक ज्याक क्लार्क भन्छन्, ‘एआईकै निर्माताहरु त्यसको नियामक हुनुहुँदैन।’
महासचिव गुटेरसले आणविक हतियार तथा वातावरण नियमनका लागिझैँ एआईको नियमनका लागि पनि राष्ट्रसंघले काम अघि बढाउनुपर्ने बताए । त्यसमा सरकारी प्रशासनमा काम गरेका प्रविधि विज्ञलाई समावेश गर्नुपर्ने धारणा पनि आएको छ । तर एआईका चुनौतीबारेमा प्राविधिक दक्षता भएकाले मात्रै नियामकका रूपमा राख्नुपर्ने आवाज पनि उठेको छ ।
एआई नियमनका लागि बाध्यकारी कानुनी बाटो तत्कालै सम्भव भने देखिँदैन । अधिकांश कुटनीतिज्ञले यसका लागि अन्तर्राष्ट्रिय मापदण्डको आवश्यकता औँल्याएका छन् । बेलायतका विदेश सचिव जेम्स क्लेभर्लीले भनेका छन्, ‘कुनैपनि मुलुक एआईबाट अछुतो छैन । त्यसैले यसको नियमनका लागि अन्तर्राष्ट्रिय कानुन र सहकार्यको आवश्यकता छ ।’
रुसले भने एआईले अन्तर्राष्ट्रिय सुरक्षा र शान्तिमा असर पुर्याउने तर्कमा दम नरहेको धारणा राखेको छ । यता राष्ट्रसंघका लागि चिनियाँ प्रतिनिधि झाङ झोउले एआईको नियमनका लागि कानुन बनाउन गरिएको प्रस्तावमा फरक मत राखे ।
राष्ट्रसंघको नियामक निकायले सम्बन्धित मुलुककै कानुनलाई सम्मान गर्नुपर्ने र एआईबारे सम्बन्धित मुलुककै कानुन लागू गराउनुपर्ने मत राखे । ‘एआई प्रविधिलाई सैन्य वर्चश्व कायमका लागि प्रयोग गर्ने नीतिको चीन पनि विरोध गर्छ’, उनले भनेका छन् ।
यस्तै, एआई प्रविधिबाट चल्ने स्वचालित हतियारबारे समेत बहस भएको थियो । त्यस्ता प्रविधिको प्रयोग गरेर इजरायलले इरानका प्रखर आणविक वैज्ञानिक मोसेन फक्रिजाहेदको हत्या गरेको विषयमा पनि बहस भएको थियो । बहसमा सहभागी प्राध्यापक रेबेका विलेटले भनेकी छिन्, ‘एक देशले आफ्नो स्वार्थका लागि अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै अर्को देशमा विध्वंश नमच्चाओस् भन्ने सुनिश्चितताका लागि अन्तर्राष्ट्रिय कानुनको आवश्यकता छ ।’
Comments
अरु समाचार
-
नोबेल पुरस्कार विजेता साहित्यकार एलिस मुनरोको निधन
काठमाडौं ।नोबेल पुरस्कार विजेता लेखक एलिस मुनरोको निधन भएको छ । कथ्य–शैलीका कारण द क्यानडियन चेखब का रूपमा समेत परिचित...
-
वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी मैत्री र सहयोगको लामो इतिहास रहेको...
-
भारतमा आँधीका कारण १४ जनाको मृत्यु
काठमाडौं । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा सोमबार राति आएको विशाल आँधीबेहरी र वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु हुनुका साथै...
-
भारतमा लोकसभाको चौथो चरणको मतदान सुरु
काठमाडौं । भारतको तल्लो सदन लोकसभाको चौथो चरणको मतदान सुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार, बिहान ७ बजेदेखि...
-
जापानको ७७ प्रतिशत कोभिड–१९ मौखिक औषधि नष्ट गरिने
जापानले खरिद गरेको कोभिड–१९ मौखिक औषधिको ७७ प्रतिशत प्रयोग नगरी नष्ट गर्ने तयारी गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापान...
-
इराकद्वारा सन् २०२५ को अन्त्यसम्ममा ‘संयुक्त राष्ट्र संघको सहायता अभियान’ अन्त्य गर्न आह्वान
इराकले सन् २०२५ को अन्त्यसम्ममा इराकका लागि संयुक्त राष्ट्रसङ्घीय सहयोग मिसन (युएनएएमआई) को सञ्चालन समाप्त गर्न अनुरोध गरेको छ ।...
-
अफगानिस्तान विस्फोटमा तीनको मृत्यु, पाँच घाइते
काठमाडौं । अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै अन्य पाँच...
-
दक्षिणी युक्रेनमा रुसी गोलाबारी, दुई युक्रेनी नागरिकको मृत्यु
काठमाडौं । युक्रेनले बिहीबार दक्षिणी शहर निकोपोलमा रुसी गोलाबारीमा दुई जनाको मृत्यु भएको जनाएको छ तर बिहीबार राति रुसले प्रहार...
-
खेल पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’
काठमाडौँ । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि सोलुखुम्बु जिल्लाको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’...