ताजा समाचार

सय किलाे सुन प्रकरण : निर्देशक पौडेलको संयोजकत्वमा छानबिन समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार अवैध रूपमा भित्र्याइएको सुनका विषयमा छानबिन गर्न भन्सार विभागले समिति बनाएको छ ।

विभागको अनुसन्धान विभागका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरिएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

सुन भित्रँदा संलग्न भन्सारका कर्मचारीमाथि समितिले छानबिन गर्ने उनले बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो भवनमा आयाततर्फ खटिएका कर्मचारीको संलग्नताका विषयमा समितिले छानबिन गर्नेछ । समितिले आज नै कार्गो भवन गई त्यहाँ रहेका सीसीटीभी फुटेज समेत हेर्ने जनाइएको छ ।

छानबिनमा तानिने भन्सारका सबै कर्मचारीलाई निलम्बन गर्ने तयारी समेत गरिएको छ ।

मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर हङकङबाट सुन ल्याइएको अनुसन्धानका क्रममा खुलेको राजस्व अनुसन्धान विभागले जनाएको छ । अनुमानित १०० किलो सुन बरामद गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org