ताजा समाचार

चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का उच्च स्तरीय टोली आज नेपाल आइपुगेको छ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको निमन्त्रणामा पोलिटव्युरो सदस्य एवं चोङ्गिङ नगरका पार्टी सचिवसमेत रहेका युयान च्याच्युन नेतृत्वको २६ सदस्यीय  टोली आइतबार दिउँसो काठमाडौं आइपुगेको हो।

श्रीलंकन एयरमार्फत उनीहरु नेपाल आएको टोलीलाई माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेपालका लागि चिनियाँ राजदूत छन् सोङले स्वागत गरेका थिए।

भ्रमण दलमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता र विदेश मन्त्रालयका अधिकारीहरु छन्। शनिबार एयर चाइनाको उडानबाट ५ चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरु काठमाडौं आइपुगिसकेका छन्।

युयानको टोली सिंगापुर र श्रीलंका हुँदै नेपाल आएको हो। नेपाल बसाईंका क्रममा उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल, उपप्रधामन्त्री र शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने छन्। उनीहरुले सुरक्षा निकायका अधिकारीहरुसँग समेत छलफल गर्ने स्रोतले बताएको छ। चिनियाँ टोलीले आज अपरान्ह राष्ट्रपतिलाई भेट्ने कार्यतालिका छ।

उनीहरुले ऐतिहासिक स्थलहरूको भ्रमण गर्ने बताइएको छ। चीनले प्रधानमन्त्रीका भ्रमणका बेला  बीआरआई परियोजना कार्यान्वयनको ठोस खाकाका विषयमा छलफल गर्ने तयारी समेत गरिरहेको छ।

सीपीसीको केन्द्रीय कमिटी बैठकले जुलाई १६ देखि २५ तारिखमा युयानको नेतृत्वमा तीन देशमा भ्रमणमा पठाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणको तयारी भइरहेका बेला सीपीसी नेताहरूको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। प्रधानमन्त्री दाहालको चीन भ्रमण सेप्टेम्बरमा हुने भनिए पनि आधिकारिक मिति अझै तय भएको छैन। भ्रमण तयारीका लागि प्रधानमन्त्री दाहालले परराष्ट्रमन्त्री र अर्थमन्त्रीलाई एजेण्डा तय गर्न निर्देशन दिइसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org