नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तरक्रिया हुँदै
काठमाडौं । गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेपालका प्रज्ञा प्रतिष्ठानबीच पोखरामा अन्तक्र्रिया गरिने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानमा यही साउन १२ गतेदेखि तीन दिन हुने कार्यक्रममा गण्डकीसहित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको सहभागिता रहनेछ । मुख्य कार्यक्रम १३ गते हुने जनाइएको छ ।
कार्यक्रममा सबै प्रतिष्ठानले कार्यपत्र प्रस्तुत गर्ने आयोजक गण्डकी प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुुभयो । केही कार्यक्रम प्रतिष्ठानबीच सहकार्यबाट प्रभावकारी हुने भएकाले सहकार्यको वातावरणसमेत बन्ने विश्वास लिइएको उहाँले बताउनुुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति, उपकुलपति र सदस्य सचिवले सहभागिता जनाउने छन् ।
यसैगरी स्वामी विवेकानन्द सास्कृतिक केन्द्र काठमाडौँ तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा दुईदिने फोटो प्रदर्शनी कार्यक्रमसमेत हुने भएको छ । यो प्रदर्शनी पोखरा सभागृहमा यही साउन १० र ११ गते हुने भएको हो । यी दुई कार्यक्रमलाई सफल तयारीमा तीव्रता दिइएको गण्डकी प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...