ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशकबीच भेटवार्ता

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डे म्याकनबीच भेटवार्ता भएको छ ।
राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा सोमवार भएको भेटमा खाद्य सुरक्षा, गरीबी निवारण, महिला तथा मानवीय जीवनको स्तरोन्नति लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएकोे छ ।
विश्व खाद्य कार्यक्रमले नेपालमा पनि विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ ।
सोमवारै प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसबीच पनि भेटवार्ता भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org