ताजा समाचार

कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको छ: रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वभाविक प्रक्रिया रहेको उनले बताएका छन्। केन्द्रीय समितिको बैठक राम्रोसँग सञ्चालन भइरहेको र बैठकको निर्णय बुधबार सार्वजनिक हुने उनले बताएका छन्।

बैठकले आम नागरिकको जनजीविका बारेमा विशेष छलफल गरेकोसमेत हुन्।

उनले भने,’बैठक राम्रोसँग सञ्चालन भएको छ। मुलतः दुई कोणमा व्यापक कुरा भयो, आन्तरिक जीवनको बारेमा कुरा भयो, विधान कार्यान्वयन, समिति पूर्णता दिने, राजनीतिक अभियान सञ्चालन गर्ने कुरामा धेरै कुरा भयो। साथै पार्टीको जीवन भन्दा बाहिर आम नागरिकको जनजीविका, दिनानुदिनको बारेमा छलफल भएको छ, यो बैठकले पार्टी भित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ। सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो, बैठक सकारात्मक छ, भोलि निस्कर्षमा पुग्नेछौँ। काँग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ । फेरबदल अहिले कति देखिए कति देखिएनन् तर फेरबदल स्वभाविक हुन् र यी हुन्छन्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org