ताजा समाचार

कांग्रेसकाे सिकाे गर्दै माओवादी, केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय

काठमाडाैँ । नेपाली कांग्रेसपछि अब नेकपा माओवादी केन्द्रले पनि पार्टीकाे केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रशारण गर्ने भएकाे छ ।

आज बिहान बालुवाटारमा बसेकाे पदाधिकारी बैठकले १७ देखि २२ साउनसम्म काठमाडाैंमा हुने केन्द्रीय कमिटी बैठक प्रत्यक्ष प्रशारण गर्ने निर्णय गरेकाे हाे ।

यसअघि २ देखि १० साउनसम्म चलेकाे कांग्रेस पदाधिकारी बैठक पनि लाइभ गरिएकाे थियाे । कांग्रेसकाे याे कदमकाे चाैतर्फी प्रशंसा भएपछि माओवादीले पनि प्रत्यक्ष प्रशारण गर्ने निर्णय पछ्याएकाे हाे ।

पदाधिकारी बैठकले विधान अधिवेशनअघि पालिका स्तरीय स‌ंगठन सुदृढीकरण अभियान चलाउने निर्णय गरेकाे माओवादी सचिव लिलामणि पाेखरेलले जानकारी दिए ।

उनका अनुसार याे अभियानमा हरेक केन्द्रीय सदस्यलाई पालिकास्तरमा खटाइने छ । त्यसपछि विधान अधिवेशन हुने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org