पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्न ‘पर्यटक प्रहरी तालिम’
काठमाडौं । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई विशिष्टिकृत सेवा प्रदान गर्ने उद्देश्यले ‘पर्यटक प्रहरी तालिम’ सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय, पर्यटन विभाग, पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा सोमबारदेखि अठार दिने तालिम सुरु भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव भरतमणि सुवेदीले तालिमको शुभारम्भ गर्नुहुँदै नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई पर्यटन प्रहरीले दिने सेवालाई थप विशिष्टिकृत र व्यावसायिक दक्षतालाई अझै वृद्धि गर्दै जानुपर्ने बताउनुभयो । विश्समुदाय नेपाली संस्कृतिको ‘अतिथि देवो भवः’ भन्ने मान्यताले एक फरक एवं विशिष्पहिचान छाडेको उहाँको भनाइ छ ।
कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिषनका निर्देशक प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले तालिमबाट प्रशिक्षित प्रशिक्षार्थीले कार्यक्षेत्रमा प्रतिबद्ध रहन अत्यन्त हौसला पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सीमित स्रोत र साधनका बाबजुद पनि पर्यटकको सुरक्षामा पर्यटक प्रहरीले विशेष भूमिका खेलेको उहाँको भनाइ थियो ।
पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले नेपालको आर्थिक विकासमा पर्यटन क्षेत्रको विशेष योगदान रहेको र पर्यटक प्रहरी त्यस क्षेत्रको मेरुदण्डका रूपमा रहेको उल्लेख गर्नुभयो । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका ट्राभल एन्ड रिसर्च विभागका प्रमुख अजयकुमार ढकालले उक्त तालिम पर्यटन क्षेत्रको विकास तथा प्रवर्द्धनमा एक कोशेढुङ्गाको रूपमा स्थापित भएको बताउनुभयो ।
पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले तालिमबाट पर्यटक प्रहरीको कार्यदक्षतामा अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षणमा प्रहरी सहायक निरीक्षक चार, प्रहरी हवल्दार पाँच, प्रहरी सहायक हवल्दार सात र प्रहरी जवान १४ गरी जम्मा ३० प्रशिक्षार्थी सहभागी छन् ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...