ताजा समाचार

माओवादीको केन्द्रीय समिति बैठक आजदेखि, पहिलो पटक लाइभ हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। बैठक आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा बस्न लागेकाे हाे।

केन्द्रीय समिति बैठकअघि स्थायी समिति बैठक ८ बजे बस्दैछ। पार्टी मुख्यालयमा बस्ने स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल’ गर्नेछ।

केन्द्रीय समितिको बैठकमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ।

केही दिनअघि नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकको सिको गर्दै माओवादीले पनि बैठक लाइभ गर्ने भएको छ। बैठक लाइभ गर्ने निर्णयप्रति केही नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

यसअघि भनिएको २९९ केन्द्रीय समिति विपरीत मा‌ओवादीमा कुल ३८५ केन्द्रीय सदस्य रहेको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए।

केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ जना वैकल्पिक केन्द्रीय सदस्य, ७५ जना आयोगका सदस्यहरू र १०० जना प्रदेश पदाधिकारीहरू सहभागी हुँदैछन्। कुल ७५८ जना माओवादी नेताहरू बैठकमा सहभागी हुनेछन्।

बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्नका लागि ५-५ मिनेटको समय दिइनेछ। माओवादीले मंगलबार सबै केन्द्रीय सदस्यहरूलाई परिचयपत्र वितरण गरिसकेको छ।

२०७९ सालकाे असारमा पहिलोपटक माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org