ताजा समाचार

विवादास्पद अभिव्यक्ति दिएर आलोचित अधिवक्ता पाण्डे पक्राउ

काठमाडौँ । विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।

टेलिभिजन अन्तरवार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

उक्त जाहेरीका आधारमा बुधबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको पक्राउको माग राखेर तामाङ समुदायका विभिन्न संघसंस्थाले बुधबार दिउँसो प्रहरी परिसर टेकुमा धर्ना दिँदै प्रदर्शन गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org