तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न
काठमाडौं । आर्थिक वर्ष २०७९/८० र ०८०/०८१ मा तनहुँमा नौ पक्की पुल निर्माण सम्पन्न भएका छन् । कूल पन्ध्र निर्माणाधीन पुलमध्ये नौ पुलको निर्माण सम्पन्न भएका हुन् । पूर्वाधार विकास कार्यालय तनहुँकी सूचना अधिकारी इञ्जिनियर धनमाया मिश्रले निर्माणाधीन तीन पुल यस चालु आर्थिक वर्षमा क्रमागतरुपमा सरिआएको छ ।
जिल्लाको घिरिङ–४ मा तिरम्दी खोला पुल रु तीन करोड चौबिस लाखको लागतमा निर्माण सम्पन्न गरिएको छ । यसको लम्बाइ २५ मिटर रहेको छ । त्यसैगरी, ऋषिङको वडा नं ४ र ५ जोड्ने ज्वाला खोलामा २५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको छ । यसको लागत रु तीन करोड २१ लाख रहेको छ ।
घिरिङ–१ को द्रौपद खोलामा २० मिटर लम्बाइको पुल रु तीन करोड २४ लाखको लागतमा सम्पन्न भएको छ । त्यसैगरी शुक्लागण्डकी–११ र भीमाद–९ जोड्ने जरेबरमा ३२ दशमलव ४ लम्बाइको पुल निर्माण सम्पन्न भएको छ । रु तीन करोड ४३ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेशकुमार घिमिरेले जानकारी दिनुभयो ।
यसैगरी शुक्लागण्डकी–११ र भीमाद–८ जोड्ने क्याङ्दी खोलामा ७४ दशमलव ५५ मिटर लामो पुल निर्माण सम्पन्न भएको छ । रु नौ करोड ३९ लाखको लागतमा उक्त पुल निर्माण सम्पन्न गरेको हो ।
व्यास नगरपालिका–८ स्थित रिस्ती खोला पुल बगुवामा ५२ मिटरको पुल रु चार करोड दुई लाख र सोही वडाको रिस्ती खोला पुल सोतीबेंसीमा ४० मिटर लम्बाइको रु चार करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न गरेको छ ।
त्यसैगरी, भीमाद–५ र ऋषिङ–८ जोड्ने फेदीखोलमा २५ मिटर लम्बाइको पुल रु तीन करोड ४६ लाखको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको छ । जिल्लाको भीमाद–३ स्थित बुढुवा खोलामा १९ दशमलव आठ मिटर लम्बाइको पुल रु दुई करोड चार लाखको लागतमा सम्पन्न भएको सो कार्यालयले जनाएको छ ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...