ताजा समाचार

नेपाली क्रान्तिको मौलिक विचार “प्रचण्डपथ” बारे पार्टीमा पुन बहस जरुरी छ: सेर्पाली

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् वाईसीएलका अध्यक्ष सुवोध सेर्पालीले नेपाली क्रान्तिको मौलिक विचार “प्रचण्डपथ” बारे पार्टीमा पुन बहस जरुरी रहेको बताएका छन ।

जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो धारणा राख्ने क्रममा सेर्पालीले समाजवादी समाज निर्माण गर्न नेपाली क्रान्तिको मौलिक विचार “प्रचण्डपथ” बारे पार्टीमा पुन बहस जरुरी रहेको हुन ।

माओवादी आन्दोलनको आवस्यकता “नेतृत्व पुस्तान्तरण होइन हस्तान्तरण आजको आवस्यकता” हो । यो बिषयमा सबै तहका कमिटीमा गम्भीर बहस गर्नुपर्छ । पार्टी भित्र काम गरेका र नगरेकावीच वैज्ञानिक मुल्याङ्कन गर्ने मापदण्ड विकास गर्न अत्यावश्यक ।

उनले बैठकमा बोल्ने क्रममा सरुवा-बढुवासहितको स्वार्थ बोकेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार धाउनेहरु नै अहिले विरोधमा उत्रिएको जिकिर गरे।

‘सरुवा-बढुवा र स्वार्थ लिएर बालुवाटार जानेहरुले नै प्रधानमन्त्री सचिवालयको विरोध गरे’, उनले भने, ‘आफ्नो स्वार्थ पूरा नभएपछि प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुको नाम मुछ्ने काम भइरहेको छ।’

बैठकमा सहभागी नेताहरुले बोल्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको पनि कडा विरोध गरिरहेका छन्।

खासगरी प्रचण्ड पुत्रीसमेत रहेकी स्वकीय सचिव गंगा दाहाल निशानामा परिरहेकी छन्। माओवादी केन्द्रीय सदस्यसमेत रहेकी उनले बुवाकै स्वकीय सचिव भएर बस्नु गलत भएको कुरा आइरहेको छ।

जारी बैठकमा जम्मा ३८५ केन्द्रीय सदस्यहरुलाई बोल्न ५/५ मिनेट सयम दिइएको छ। शुक्रबार पनि नेताहरुले आफ्ना राखिरहेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org