यौन शक्ति बढाउने घरेलु उपाय
तपाईको यौन जीवनमा धेरै समस्याहरु हुन सक्छन् । हामीले समस्याहरु त्यसै लुकाएर बस्नुभन्दा पनि तीनको समाधान खोज्नु पर्छ । नियमित यौन क्रियाकलापमा सामेल व्यक्ति र सामेल हुन नपाएको व्यक्तिबीचको व्यवहारमा निकै फरक हुन्छ । त्यसैले भनिन्छ सेक्स स्वास्थ्यको दर्पण हो ।
यौंन शक्ति बढाउनका लागि तपाईले विभिन्न खालको औषधी उपचार गराउने गर्नुभएको छ, होला । तर त्यसले तपाईको स्वास्थ्यमा नकाररात्कम प्रभाव पार्छ ।
आज हामी तपाईलाई यौंन शक्ति बढाउने घरेलु उपायहरुको बारेमा जानकारी दिँदैछौं ।
अमला
दुई चम्चा अमलाको रसमा एक चम्चा सुकेको अमलाको चूर्ण र एक चम्चा शुद्ध मह मिलाएर दिनमा दुई चोटि सेवन गर्नुपर्छ । यौन शक्ति बढाउँछ ।
अश्वगन्धा
दूधमा अश्वगन्धाको चूर्ण आधा चम्चा हालेर बिहान र बेलुकी खाने गर्नुपर्छ । यसले यौन शक्ति बढाउनुका साथै शीघ्रपतनको समस्याबाट पनि छुटकारा दिलाउँछ ।
प्याज
आधा चम्चा प्याजको रस, आधा चम्चा मह र आधा चम्चा मिस्री मिलाएर बिहान र बेलुका खाने गर्लाले यौन क्षमता वृद्धि हुन्छ ।
तुलसी
तुलसीको बीउको चूर्ण दूधमा हालेर बिहान बेलुका नियमित खाने गर्नाले यौन दुर्बलता हट्छ । तुलसीलाई प्राचिनकालदेखि यौनवद्र्धक वनस्पति मानिएको छ ।
पीपल
पीपलको फल र पीपलको जरालाई कुटेर मिश्रण बनाउनुहोस् । यो दुई चम्चा म्रिश्रणलाई सय मिली दूधमा हालेर उमाल्नुहोस् । यसलाई छानेर आधा गिलास बिहान र बेलुका खाने गर्नाले यौन शत्तिमा वृद्धि हुन्छ ।
नियमित यौंन सम्पर्क नहुँद देखिनसक्ने समस्याहरु
तपाईले नियमित रुपमा यौन सम्पर्क गर्ने गर्नुभएको छैन् ? भने तपाईलाई विभिन्न खालका समस्याहरु देखिन सक्छन् । किनभने सेक्स गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निस्कासन हुन्छ जो तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ ।
यौन दुर्वलताः
अध्ययनको अनुसार जो व्यक्ति सातामा कम्तीमा दुई पटक सेक्स गर्छ उसमा इरेक्टाईल डिस्फङसन (यौन दुर्वलता) त्यति हुँदैन जति सेक्स नगर्ने व्यक्तिमा हुन्छ । किनभने सेक्स पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ ।
डिप्रेशनः
स्सेक्समा सहभागी हुन नपाउँदा जसरी पुरुष डिप्रेशनमा जान्छन त्यस्तै गरि महिलालाई पनि असर पर्न सक्छ । ‘आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता हर्मोनहरु पुरुषको बीर्यमा रहन्छ जो सेक्स गर्दा महिलामा पुग्छ र महिलाको मुड बनाउन मद्धत गर्छ ।
रिसाहापनः
बढने स्व्यस्त तालिकाका कारण यदि कुनै जोडिले सेक्सका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ । र यसले दुईबीच दरार पैदा हुनसक्छ ।
रोग प्रतिरोधी क्षमता कमजोर:
अध्ययनहरुबाट थाह भएको छ कि सातामा कम्तिमा दुईपटक सेक्स गर्दा उसको रोग प्रतिरोधक क्षमता ठीक रहन्छ ।
स्याउले बढाउँछ महिलाको सेक्स पावर
अ एप्पल अ डे, कीप्स डाक्टर अवे’ अर्थात प्रतिदिन एउटा स्याउ सेवन गरे तन्दुरुस्त रहन पुग्ने विश्वास गरिन्छ । यो भनाइ तपाईले पनि सुन्नु भएकै होला । एउटा ताजा सर्भेका अनुसार स्याउ सेवनबाट महिलाको कामुकता बढ्ने गर्दछ ।
अध्ययनका अनुसार दैनिक स्याउ खाँदा स्वस्थ महिलाको यौन क्षमता बढ्छ । स्याउमा पोलिफेनाल्स र एन्टीआक्सिडेन्ट हुने गर्दछ । जसले यौनअंगमा रक्तप्रवाह बढाउन सहयोग गर्दछ । यसबाट महिलामा कामोत्तेजना थप बढाउने गर्दछ ।यो निर्णयमा पुग्नका लागि शोधकर्ताहरुले इटालीमा १८ देखि ४३ वर्ष उमेर समूहका ७३१ जना स्वस्थ महिलामा अध्ययन गरेका थिए ।
अध्ययनमा महिलाहरुले ‘महिला यौन क्षमता सूचकांक’ भरे, जसमा यौन फंक्शन, सेक्स्युअल फ्रिक्वेन्सी, सम्भोग, ल्युब्रिकेशन र समग्र यौन सन्तुष्टिका बारेमा प्रश्न सोधिएको थियो ।शोधकर्ताहरुले पाए कि जुन महिलाले हरेक दिन एक वा दुई स्याउ खाने गरेका थिए, उनीहरुको ल्युब्रिकेशन र ओभर अल सेक्स्युअल फंक्शन बढी उत्तम थियो ।
स्याउमा फ्लोराजिन पनि हुने गर्दछ जुन एउटा आम फिस्टेस्ट्रोजेन हो । यो संरचनात्मक रुपबाट एस्ट्राडियोलजस्तै हुने गर्दछ । एस्ट्राडियोल महिला सेक्स हर्मोन हो जसले कामुकता बढाउन सहयोग गर्छ । एजेन्सीहरुको सहयोगमा
Comments
अरु समाचार
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
क्यान्सर उपचार सेवा विस्तारको सम्झौता
काठमाडौं । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको...
-
स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति
काठमाडौँ, ३१ भदौ । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।...
-
मधेसमा पहिलोपटक एमबिबिएस पढाई हुने
काठमाडौं । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरेको छ ।...
-
चितवनमा डेङ्गीको सङ्क्रमणबाट एक जनाको मृत्यु
काठमाडौं । चितवन जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय...
-
अस्वस्थ जीवनशैलीले बढाउँदै नसर्ने रोगको जोखिम
काठमाडौँ । नसर्ने रोग विश्वमै जटिल बन्दै गइरहेको छ । विश्वव्यापीकरण, सहरीकरण, जनसङ्ख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय...
-
बाँकेमा अज्ञात रोगको संक्रमणबाट चारको मृत्यु
काठमाडौं । बाँकेको नरैनापुरमा अज्ञात रोगको संक्रमणबाट चारजनाको मृत्यु भएको छ। स्वास्थ्यकर्मीले झाडापखालाबाट मृत्यु भएको हुन सक्ने आशंका गरेपनि त्यसको...
-
भ्रष्टाचारमा पल्केका बीपी प्रतिष्ठानका भीसी, जताततै अनियमितता र कानुनको उल्लंघन
काठमाडौँ (सजीव कालाखेती)। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरी अनियमितता र भ्रष्टाचारको पर्याय बनेका छन् । मातृशिशु भवन...
-
मर्स्याङ्दीमा बस खस्दा मृत्यु हुनेमा सबै भारतीय पर्यटक, सङ्ख्या २७ पुग्यो
मर्स्याङ्दीमा बस खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७, सबै भारतीय पर्यटक काठमाण्डौ । तनहुँको आँबुखैरेनी गाउँपलिका–२ ऐनापहरामा हिजो भएको बस दुर्घटनामा...