ताजा समाचार

संवैधानिक निकायका रिक्त पदमा आवेदन आह्वान

काठमाडौं । संवैधानिक परिषद्ले संवैधानिक निकायमा रिक्त रहेका पदका लागि आवेदन खुलाएको छ ।

परिषद् सचिवालयले शनिबार (हिजो) गोरखापत्र राष्ट्रिय दैनिकमा विज्ञापन प्रकाशित गर्दै १५ दिनभित्र आवेदन माग गरेको हो ।

परिषद्ले महालेखापरीक्षक, निर्वाचन अयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगका लागि रिक्त रहेका पदमा आवेदन मागेको छ । हाल महालेखापरीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोग र मुस्लिम आयोगमा सदस्य पद रिक्त छ ।

साउन १८ गते बसेको संवैधानिक परिषद्को बैठकबाट संवैधानिक निकायमा पदपूर्ति गर्ने निर्णय गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org