ताजा समाचार

लम्पी स्किनको सङ्क्रमणबाट साढे दश हजार पशु मरे

काठमाडौं । देशै भरि माहामारिका रुपमा फैलिएको लक्पी स्किन सङ्क्रमक रोगका कारण कर्णाली प्रदेशमा मात्रै  साढे दश हजार पशु चौपाया मरेको कणली पशुपक्षी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार दुई लाख २७ हजार दुई सय ६७ बाच्छाबाच्छी, गाई, गोरु, भैसी र चौरी सङ्क्रमित र संङ्क्रमित भएमध्ये साउन २१ गतेसम्ममा प्रदेशका दश जिल्लामा १० हजार ४ सय ५० पशु चौपाया मरेका हुन् ।

‘पछिल्लो समय कालीकोट, जुम्ला र डोल्पामा पनि लम्पी स्किनका कारण पशु चौपाया मरेका छन्’, उहाँले भन्नुभयो । पङ्गेनीका अनुसार जाजरकोटमा २३ हजार ६५ पशुमा रोगको सङ्क्रमण देखिएकोमा दुई हजार आठ सय ७७ मरेका छन् । साथै कालीकोटका २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ पशु चौपाया मरिसकेका छन् । हुम्लामा कूल १३ हजार पाँच सय ९८ पशु चौपाया सङ्क्रमित भएका मध्ये एक हजार ९८३ मरेका छन् ।

जुम्लामा भने १४ हजार ४१ सङ्क्रमितमध्ये पाँच सय ७३, डोल्पामा सात हजार पाँच सय २९ सङ्क्रमितमध्ये पाँच सय ४३, रुकुम पश्चिममा १७ हजार छ सय ४१ सङ्क्रमितमध्ये चार सय ६९ पशु मरिसकेका छन् । पशु चिकित्सक डा. सविना मल्लका अनुसार सुर्खेतमा २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ र सल्यानमा ३४ हजार चार सय ७९ सङ्क्रमित पशुमध्ये एक हजार २३ मरिसकेका छन् । साथै दैलेखमा ७५ हजार तीन सय ६६ सङ्क्रमितमध्ये छ सय २१ पशु चौपाया मरिसकेका छन् ।

निर्देशक पङ्गेनीले बढ्दै गएको लम्पी स्किनको सङ्क्रमण नियन्त्रण गर्न आवतजावतमा बन्द गरिएको र घाउ खटिरा आएका पशुलाई मलहम लगाउने गरिएको उहाँले बताउनुभयो । साथै सबै जिल्लामा पशु प्राविधिक खटाइएको पनि उहाँको भनाइ छ ।

कर्णाली प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले लम्पी स्किन रोगबाट सङ्क्रमित दुई लाख २७ हजार दुई सय ६७ पशुबस्तुमध्ये एक लाख ५५ हजार एक सय १८ को उपचार गरिएको र १३ हजार ४६ मा खोप लगाइएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कूल सङ्क्रमित सङ्ख्यामा लम्पी स्किन रोगबाट चार दशमदलव ५९ प्रतिशत पशु चौपायाको मृत्यु भएको र थप क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org