ताजा समाचार

प्रधानमन्त्री प्रचण्ड मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दैछन्।

मन्त्रालयहरूको समीक्षागत बैठक सकेपछि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हुन लागेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।

प्रधानमन्त्रीले सबै मन्त्रालयका मन्त्री र सचिवहरूसँग अघिल्लो वर्षको प्रगति विवरण बुझ्ने र त्यसपछि कार्यसम्पादन सम्झौता गर्ने कार्यतालिका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको छ।

यसअघि २०७६ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मातहतका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए।

प्रधानमन्त्रीले मन्त्री र मन्त्रीहरूले सचिवसँग कार्यसम्पादन सम्झौता गर्ने र तोकिएका कामका आधारमा नम्बर दिने परम्परा ओलीका पालामा सुरू भएको थियो।

अहिले प्रधामन्त्री प्रचण्डले पनि विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्न लागेका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org