गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स
काठमाडौं । स्याङ्जाको चापकोट नगरपालिकामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने भएको छ ।
सो नगरपालिकाले आफ्नो नगरभित्रका गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको नगर प्रमुख ईश्वर खाणले जानकारी दिनुभयो । उहाँले यही साउन ५ गतेको नगर कार्यपालिकाको बैठकले सम्भावित जोखिमबाट बचाउने उद्देश्य राखेर गर्भवती तथा सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको बताउनुभयो ।
‘जिल्लामा गर्भवती तथा सुत्केरीमा जटिल प्रकृतिका समस्या देखिए उपयुक्त स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टर छैन’, नगरप्रमुख खाणले भन्नुभयो, ‘गर्भवती तथा सुत्केरीलाई पाल्पा, पोखरा तथा बुटवल लैजानुपर्ने भएमा जो सुकैले निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्नसक्ने छन्, स्वास्थ्य संवेदनशील विषय भएका कारण सर्वसुलभ सेवा दिनु नगरपालिकाको उत्तरदायी हो, नगरपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेसँगै यो कार्यक्रमलाई अगाडि बढाएको हौँ ।’
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज पौडेलले निःशुल्क एम्बुलेन्स सेवा लिन अनिवार्य चापकोट नगर अस्पतालको सिफारिस आवश्यक पर्ने बताउनुभयो । उहाँले चापकोटका बर्थिङ सेन्टरबाट सुत्केरी अन्यत्र पठाउनुपर्ने भएमा नगरपालिकाको एम्बुलेन्सले निःशुल्क सेवा दिने बताउनुभयो ।
पौडेलले निकट भविष्यमा चापकोटलाई पोषणमैत्री नगरपालिका बनाउने योजनासहित काम गरिरहेकोे बताउनुभयो । हाल नगरपालिकाले निःशुल्क क्याल्सियम वितरण, खोप, परिवार नियोजनलगायतका काम विशेष प्राथमिकताका साथ गरिरहेको पौडेलको भनाइ छ ।
नगरपालिकामा एम्बुलेन्स नहुँदा धेरै गर्भवती, सुत्केरी तथा बिरामीले समस्या भोग्नुपरेको पूर्ववडासदस्य पूर्णिमा परियारले बताउनुभयो । उहाँले नगरपालिकाले नयाँ एम्बुुलेन्स खरिद गरी सञ्चालनमा ल्याएपछि धेरैको अकालमा ज्यान जानबाट जोगिने बताउनुभयो । नगरपालिकाले गर्भवती र सुत्केरीका लागि प्रदान गर्ने निःशुल्क एम्बुलेन्स सेवाले आफूहरुलाई अत्यन्त खुसी बनाएको परियारको भनाइ छ ।
नगर उपप्रमुख इशा रानाले नगरपालिकाले दिएको निःशुल्क एम्बुलेन्स सेवालाई भरपुर सदुयोग गरेर सम्भावित जोखिमबाट बच्न आग्रह गर्नुभयो । उहाँले पालिकाभित्र रहेका हरेक गर्भवतीलाई नियमित जाँच र स्वास्थ्यकर्मीको परामर्शमा रहेर स्वस्थ बच्चा जन्माउन सुझाव दिनुभयो । घर परिवारका अन्य सदस्यले गर्भवती र सुत्केरीको विशेष हेरचाह गरेर असल अभिभावकको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
Comments
अरु समाचार
-
मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय मुटु तथा फोक्सो समाज (नेशनल हर्ट एण्ड लङ्गस सोसाइटी...
-
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो काठमाडौँ । शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्यमा...
-
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा...
-
आउँदो बिहीवारसम्म मौसम बदली र पानी पर्ने सम्भावना
काठमाण्डौ । आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
सहकारीको रकम हिनामिना छानबिन समितिको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधि सभाले छानबिन...
-
राष्ट्रपतिसमक्ष वित्त आयोगको प्रतिवेदन पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन...
-
रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास
काठामाडौं । रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी...
-
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी...