ताजा समाचार

सय किलो भनिएको तस्करीको सुन झन्डै ६१ किलोमात्रै, अझै घट्न सक्ने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएको सुनको परिमाण ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको छ ।  सोमवार बरामद भएको ‘ब्रेक शुु’ भित्रको सुन निकाल्दा ६० किलो सात सय ७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ । तर यसमा अझै केही कालो पदार्थ मिसिएको रहेकाले पगालेपछि तौल केही घट्न सक्नेछ । भोलि मङ्गलवार बिहान सुन पगाल्ने महाशाखाले जनाएको छ ।

हङकङबाट गएको असार २९ गते ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारसमेत पार गरिसकेको सुन राजस्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोलीले सिनामङ्गलबाट बरामद गरेको थियो । यस प्रकरणमा १८ जना पक्राउ परेकामा १७ जना प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को हिरासतमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org