ताजा समाचार

एलओडी राजश्व छलीको अनुसन्धानमा तानियो, कारोबार खाता नियन्त्रणमा

काठमाडौँ । लर्ड अफ् द ड्रिङ्क्स (एलओडी) क्लबमा राजश्र्व अनुसन्धान विभागले छापा मारेको छ ।
ठमेल स्थित एलओडी क्लबमा करछलीको अनुसन्धान गर्न राजश्र्वको टोलीले शुक्रबार अपरान्ह ४ बजेबाट शनिबार दिउँसो २ बजे सम्म छापा मारेको हो ।
क्लबमा प्रवेश गर्ने ग्राहक सँग धेरै पैसा लिने र बुझाउनु पर्ने राजश्र्व भने कम मात्रामा दाखिला गरेको विशेष सूचनाका आधामा छापा मारेको राजश्व अनुसन्धान विभागका महानिर्देशक नजराज ढुंगाननले बताउनु भएको छ ।

ढुंगानाले भने ठुलो करछलीको सूचना पाएपछि एलओडीका सबै कारोबार खाता नियन्त्रणमा लिएका छौ, यस प्रकरणमा थप भइरहेको छ ।
ग्राहकले तिर्ने र कर दाखिला खातामा चढाईने रकमको भिन्नता जाँच्न विभागको टोली रातैभर क्लबमै बसेको थियो । उक्त समयमा विभागले क्लबबाट दैनिक व्यापार र तिरेको कर, स्टक बुक र लेखा खाता नियन्त्रणमा लिएको छ । साथै क्लबका सञ्चालकहरु रुदीप श्रेष्ठ, भुपेन कुवँर, रानु सिंह सुवाल र श्यम सुन्दर अग्रवाललाई विभागमा हाजिर हुन पनि पत्रचार गरिएको छ । यसरी फरक क्षेत्रमा हुने राजश्र्व छलिका घटनालाई नियन्त्रण गर्न समय समयमा आकस्मीक अपरेसन चलाईने विभागका निर्देशक ढुंगानाले बताउनु भयो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org