ताजा समाचार

अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा

काठमाडाैँ ।  सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न सुरु गरेको हो ।

एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान सुरु गरेको औपचारिक घोषणा गरे ।

प्रधानमन्त्री प्रचण्डले ल्यापटपको स्वीच थिचेर औपचारिक घोषणा गरेका हुन् । अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई वैशाख १ गतेदेखि कोषमा समेट्ने गरी गत वर्षको मंसिर २५ गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालनसम्बन्धी कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको थियो ।

वैशाख १ गतेदेखि नै कोषमा समेट्ने भनिए पनि तयारी नपुगेकाले आज औपचारिक घोषणा गरिएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org